छापा खबर


लकडाउन : नेपाली किसानको तरकारी खेतबारीमै कुहिँदा चार अर्बको तरकारी भारतबाट आयात

लकडाउन : नेपाली किसानको तरकारी खेतबारीमै कुहिँदा चार अर्बको तरकारी भारतबाट आयात

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार २३:५२,

नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुगिरहेको छ।

नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन्।

नेपाली किसानको पसिना खेतमै सुक्दा सरकार मूकदर्शक बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

लकडाउन सुरु भएपछि नेपालगन्जमा भारतबाट पाँच करोडको तरकारी आयात भएको छ । तर, व्यापारीले स्थानीय किसानको तरकारी उठाउन मानेका छैनन्।

त्यसैले किसानको तरकारी खेतमै सुकेको छ । नेपालगन्ज उपमहानगर-१६ जयसपुरका मुनिर अहमद राहिनको करिब पाँच सय क्विन्टल बन्दागोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भइसकेको छ।

लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो।

सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ । तर, अहिले तरकारीको उपभोग घटे पनि आयात घटेको छैन, मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नै तरकारीबारीमा डोजर चलाउन बाध्य बनेका छन्।

नेपाली तरकारी बजारको आधा तरकारी भारतबाट मात्र आउने गर्छ । गत फागुनमा मात्र पनि कुल खपतको ४८.२७ प्रतिशत तरकारी भारतबाट आयात भएको थियो ।

लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad