समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ०:५७,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ३९ हजार नाघेको छ।

शनिबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४ सय ४३ पुगेको हो।

अहिलेसम्म संक्रमितको संख्या ३३ लाख ९८ हजार ४ सय ५८ पुगेको छ। गएको २४ घन्टामा विश्वभर ९४ हजार ५ सय ३७ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ।

संक्रमितमध्ये अहिलेसम्म १६ लाख १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा अमेरिकामा मात्रै १८ सय ९२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या ६५ हजार ७ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ।

त्यहाँ अहिलेसम्म १६ लाख १५ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन्।

त्यसैगरी शुक्रबार युकेमा ७ सय ३९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २७ हजार नाघेको छ।

त्यसैगरी शुक्रबार ब्राजिलमा ५०९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २८१, इटालीमा २६९, फ्रान्समा २१८, जर्मनीमा ११३, बेल्जियममा १०९, टर्कीमा ८४, रुसमा ९६, इरानमा ६३, पेरुमा ७३, नेदरल्यान्डमा ९८, इक्वेडरमा १६३, मेक्सिकोमा १२७, स्वीडेनमा ६७, पाकिस्तानमा ५६ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने स्पेनमा २४ हजार ८ सय २४, फ्रान्समा २४ हजार ५९८, फ्रान्समा २४ हजार ५९८ जनाको मृत्यु भएको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ६९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ सय २३ पुगेको छ भने संक्रमितको संख्या ३७ हजार नाघेको छ।

त्यहाँ शुक्रबार मात्रै २३ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad