छापा खबर


रोल्पामा चार बालबालिका बम विस्फोटमा परेकै ठाउँमा भएको थियो ०६२ मा भिडन्त

रोल्पामा चार बालबालिका बम विस्फोटमा परेकै ठाउँमा भएको थियो ०६२ मा भिडन्त

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १:११,

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँनजिक बम विस्फोटमा परी एकैघरका दिदीभाइसहित चार बालबालिकाको मृत्यु भएको छ।

गैरीगाउँका ११ वर्षीया विमला खत्री, उनका पाँच वर्षीय भाइ विजय खत्री, छिमेकी १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको हो। जंगलमा बाख्रा चराएर घर फर्किँदै गर्दा बिहीबार साँझ उनीहरू बाटोमा विस्फोटमा परेका हुन् ।

बम घटनास्थलमै थियो अथवा उनीहरूले जंगलमा भेटेर ल्याएका थिए भन्ने पुष्टि हुन नसकेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए । तर, घटनास्थलमा अर्को बम पनि भेटिएको छ ।

उनका अनुसार घटनास्थल वरपर बस्ती नभए पनि मान्छेहरू भने हिँडिरहने ठाउँ हो। विगतमा त्यहाँ शंकास्पद वस्तु नदेखिएकाले बालबालिकाले जंगलबाटै ल्याएको हुन सक्ने उनको आशंका छ।

बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो।

सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिने गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा रोल्पाबाट नवीन चोचनमगर र दाङबाट भूपेन्द्र वलीले लेखेका छन्।

भिडन्तमा घाइते भएका माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवरका अनुसार ०६२ को ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो।

‘बिहीबार टुइन्च मोर्टार बम विस्फोट भएको भनिएको छ। तत्कालीन युद्धमा यस्तो बम पनि प्रयोग भएका थिए, शाही सेनाले धेरै प्रयोग गरेको थियो । तर, यो बम यति लामो अवधिसम्म टिक्न सक्दैन,’ कुँवरले भने, ‘चार्जका आधारमा चल्ने बम यत्रो अवधिसम्म घाम र पानीमा परेर पनि चल्नु नपर्ने। मलाई त उहिलेको हो जस्तो लाग्दैन। तर, अनुसन्धानपछि स्पष्ट होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad