ad ad

छापा खबर


लकडाउनले देशैभरि रगत अभाव, उपचारमा समस्या

लकडाउनले देशैभरि रगत अभाव, उपचारमा समस्या

नेपालखबर
चैत ३०, २०७६ आइतबार ०:०,

लकडाउनका कारण देशभर रगतको अभाव भएको छ।

जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी समस्यामा पर्न थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

चिकित्सकले उपचारका लागि आवश्यक रगत जुटाउन बिरामीका आफन्तलाई भन्ने गरेका छन्, तर व्यवस्थापन कठिन छ।

ब्लड बैँकमै रगत अभाव हुँदा उनीहरु रगतको खोजीमा भौतारिने गरेका छन्।

नेपाल रेडक्रस सोसाइटीका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब आठ सय युनिट रगत खपत हुन्थ्यो।

लकडाउनयता करिब डेढ सय युनिट मात्रै खपत भइरहेको छ। त्यही पनि सहज व्यवस्थापन हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .