ad ad

छापा खबर


जलविद्युत् आयोजना : कतै धमाधम, कतै काम ठप्प

जलविद्युत् आयोजना : कतै धमाधम, कतै काम ठप्प

नेपालखबर
चैत ३०, २०७६ आइतबार ०:२८,

कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न सङ्कटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन्।

केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने देखिएको खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन्।

चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा थप एक हजार मेगावाट जोड्ने लक्ष्य राखिएको छ। चालू आर्थिक वर्षको हालसम्म सरकारी तथा निजी क्षेत्रबाट १२२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसके पनि एक हजार मेगावाटको लक्ष्यसम्म पुग्न निकै गाह्रो हुने स्थिति छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने, ‘चालू आर्थिक वर्षको यो अवधिसम्म १२२ मेगावाट प्रसारण लाइनमा जोड्न सकिएको छ। लकडाउनको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसकिए पनि अझै थप २५० मेगावाटसम्मका आयोजनालाई सम्पन्न गर्न सकिन्छ भन्ने आशा राखेका छौँ । तर एक हजार मेगावाटको लक्ष्य भेट्टाउन भने नसकिने स्थिति उत्पन्न भयो।’

सचिव घिमिरेका अनुसार निर्माण सम्पन्न हुनै थालेका कतिपय आयोजनामा आवश्यक सामग्री छैन । कतिपय आयोजनामा सामग्री भए पनि कामदारले काम गर्न मानेका छैनन् । सबैतिर मनोवैज्ञानिक त्रास छ।

नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका भगिनी संस्थाद्वारा प्रवद्र्धन गरिएका जलविद्युत् आयोजना हुन् वा निजी क्षेत्रबाट प्रवद्र्धन भएका आयोजना हुन्, लकडाउनका कारणले कच्चा पदार्थको उपलब्धता, ढुवानी, कामदारको उपस्थिति, इन्धन उपलब्धता लगायतका समस्याले निर्माणको अन्तिम चरणमा पुगेको जलविद्युत् आयोजनाको काम प्रभावित भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .