छापा खबर


आधा डीआईजी पद कटौती हुँदै

आधा डीआईजी पद कटौती हुँदै

नेपालखबर
चैत २६, २०७६ बुधबार ३:२३,

सरकारले नेपाल प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने तयारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आवश्यकभन्दा बढी डीआईजी पद कटौती गरिने प्रस्ताव गरेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ २६ र प्राविधिकतर्फ ८ गरी ३४ डीआईजीको दरबन्दी रहँदै आएको छ । सरकारले प्रशासनतर्फबाट १३ पद घटाउने गरी तयारी अघि बढाएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले २६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको र त्यसमध्ये पनि हाल चार जना कायमै रहेका कारण नौ जनाको मात्रै डीआईजीमा बढुवा गर्ने तयारी भएको जानकारी दिए।

‘२६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको छ, प्रशासन तर्फका अब १३ वटा दरबन्दी घट्छ, हाल चार जना डीआईजी कायमै रहेका कारण अब ९ जनाको मात्रै बढुवा गर्ने तयारी छ,’ ती मन्त्रीले राजधानीसँग भने।

स्रोतका अनुसार सो विषयमा निर्णय नै भएको बुझिएको छ । तर, सार्वजनिक गरिएको छैन । सोअनुसार नै निर्णय बाहिरिए धेरै एसएसपीहरु बढुवाको मुखमा मारमा पर्नेछन्।

प्राविधिकबाहेकका २६ डीआईजीमध्ये हाल भने २२ जनाको दरबन्दी रिक्त छ । गत २९ माघमा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याजी डीआईजीले अवकाश पाएपछि २२ दरबन्दी रिक्त रहँदै आएको हो । प्राविधिकतर्फ भने ८ डीआईजी नै कायम छन्।

डीआईजीका १३ दरबन्दी कटौती भए बाँकी ९ पदका लगि ३४ जना एसएसपीहरु प्रतिस्पर्धामा रहनेछन् । हाल सूर्य उपाध्याय, निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल भने डीआईजी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad