छापा खबर


मौसमको पूर्वसूचना चाहिएको छ ? फोन गर्नुस् टोल फ्री नम्बरमा

मौसमको पूर्वसूचना चाहिएको छ ? फोन गर्नुस् टोल फ्री नम्बरमा

नेपालखबर
असार २२, २०७६ आइतबार २:२३,

वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ।

त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्था थाहा पाउन सकिने बाढी पूर्वानुमान महाशाखाका कर्मचारी सुनिल पोखरेलले बताए।

बाढी पूर्वानुमान बुलेटिनमा राखिएको सूचनाअनुसार विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा लमजुङको बेँसी सहरमा भएको छ । यस अवधिमा करिब १०० मिलिमिटरवर्षा भएको थियो। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

सोही बुलेटिनमा नेपालका ठूला तथा मझौला नदीहरू कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा आइतबाररातिसम्म हुने वर्षाले बहाव बढ्ने तर सतर्कता तहभन्दा तल नै बहावको अवस्था स्थिररहने उल्लेख छ।

बुलेटिनमा उल्लेख भएअनुसार सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम क्षेत्रका स्थानीय नदीमा भने बहाव उच्च रहँदा आकस्मिक बाढी आउने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरको चुरे पहाडबाट बग्ने नदी तथा पाँच नम्बर प्रदेशको बर्दिया, बाँके, दाङ, कर्णालीका केही र प्रदेश ३ का पहाडी जिल्लामा बग्ने नदीमा बाढी आउने भएकाले सतर्क रहन भनिएको छ।

आगामी एक हप्तासम्म प्रायः नदीका जलाधारको बहाव बढ्दै साताको अन्त्यसँगै बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । तटीय क्षेत्रका कृषि उपज असार २८ गतेभित्र थन्काइसक्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सो अवधिदेखि तटीय क्षेत्रमा निर्माण कार्य नगर्न, नगराउन पनि महाशाखाले भनेको छ । त्यस्तै हाइड्रोलोजी डट जीओभी डट एनपी वेब साइटमा राखिएको विस्तृत जानकारी अध्ययन गरेर यात्राको योजना बनाउन र प्राकृतिक प्रकोपबाट बच्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad