छापा खबर


यसरी रहेको हो ‘काठमाडौं’ नाम

यसरी रहेको हो ‘काठमाडौं’ नाम

नेपालखबर
असार २२, २०७६ आइतबार २:१५,

सिद्ध सम्पदा काष्ठमण्डपको नामकरणबरे इतिहासकारबीच खासै विवाद छैन।

तर काष्ठमण्डपबाटै हालको राजधानी सहर काठमाडौंको नाम राखिएको समय सन्दर्भबारे इतिहासकार तथा विभिन्न कालखण्डका वंशावलीले यसको आधार प्रस्ट्याउन सकेको छैन।

विभिन्न वंशावलीअनुसार मल्लकालीन राजा लक्ष्मीनरसिंह मल्लको शासनकाल (नेपाल संवत् ७४०–७६०) सन् १६१९–१६४१ मा कुनै एक व्यक्तिले एउटै रूखबाट काठैकाठको भव्य सत्तल/मण्डप मात्र निर्माण गरेकाले काष्ठमण्डप नामकरणको आधारमा काठमाडौं रहन गएको हो भनिएको छ।

तर राजा लक्ष्मीनरसिंह मल्लको शासनकालभन्दा चार सय वर्षअगाडि नै काष्ठमण्डपको अस्तित्व रहेको तिनै वंशावलीमा उल्लेख भइसकेकाले प्रस्टता छैन।

आजको नेपाल साप्ताहिकमा हरिराम जोशी लेख्छन्– काष्ठमडप किन भनियो भने त्यहाँ खाली मण्डप मात्र थिजयो। १३ सय वर्षअगाडि प्राप्त सामग्री आधार तथा सातौं शताब्दीको चिजवस्तुकाका आधारमा यसो भनिएको हो।

किनभने काठमाडौंमा अहिले पनि ठाउँठाउँमा मण्डप छन्। बांगेमुढामा स्थानमण्डप छ। नेपाल भाषामा स्थानलाई थाय् भए र मण्डपलाई मदु भनिएको हो। स्थानमण्डपबाट थाय्मरू भएजस्तै काष्ठमण्डपबाट काठमाडौं भनिएको हो।

दक्षिणकोलिग्राम, काष्ठमण्डप, काष्ठमण्डपमहानगर आदि/इत्यादि हुँदै अहिलेको काठमाडौं बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad