छापा खबर


नकारात्मक मात्र होइन्, कोरोनाकै कारण विश्वभर पर्दैछ यस्तो सकारात्मक प्रभाव

नकारात्मक मात्र होइन्, कोरोनाकै कारण विश्वभर पर्दैछ यस्तो सकारात्मक प्रभाव

नेपालखबर
चैत २३, २०७६ आइतबार ०:३८,

चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस विश्व समुदायका लागि महामारी बनेपनि वातावरणका लागि भने सकारात्मक देखिएको छ।

यो महामारीले विश्वमा झण्ढै साढे ११ लाख व्यक्ति संक्रमित भइसकेका छन्। तर पनि भाइरस देखिएपछिका सकारात्मक प्रभाव पनि छन्। यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

प्रदुषणरहित वातावरण, खुल्ला आकाश
कोरोनाको शुरुवात भएको चीनको वुहान सहरमा मात्रै होइन विश्वका आधा भन्दा धेरै उद्योग बन्द भए । जसबाट फैलने वायु प्रदुषणमा कमी आएको छ।
सधै प्रदुषणबाट आजित व्यक्ति घरबाहिर ननिस्कदाँ अप्रत्यासित लाभ प्राप्त गरेका छन्—प्रदुषणरहित खुला वातावरण।

लकडाउनका कारण विश्वका एक तिहाइ जनसंख्या घरभित्रै थुनिएका छन् भने उद्योगधन्दा बन्द छन् । केही दिन यता काठमाडौंको मौसममा नाटकीय परिवर्तन देखिएको छ। मौसमको फेरबदल नाटकीय ढंगले परिवर्तन भइरहेका छन्।

वायुप्रदुषणमा कमी
कोरोना भाइरसबाट आक्रान्त भएको युरोपेली मुलुकको वातावरणमा प्रदुषणको मात्रा आधा घटेको छ । गुणस्तरीय हावामा ३० प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ।

नासा र युरोपेली स्पेस एजेन्सीले सार्वजनिक गरेका स्याटलाइट तस्बिरहरुमा, जनवरी र फेब्रुअरीमा चीनका सबै मुख्य सहरमा नाइट्रोजन डाइअक्साइड ग्यासको उत्सर्जन ठूलो स्तरमा घटेको पाइएको छ।

सो ग्यास सवारी साधन, पावर प्लान्ट र उद्योगहरुबाट निस्किने गर्दथ्यो । अरुबेला सधैँ आकाशका स्पष्ट रुपमा देखिने विषाक्त ग्यासको बादल ती दुई महिनामा पूर्णरुपमा हराएका छन्।

प्रदुषण फैलाउन नाइट्रोजन अक्साइडको अत्याधिक मात्रामा कमी आएको र ३० प्रतिशतले घटेको जानकारी नासाले दिएको छ।

वायु प्रदुषणबाट प्रकृतिलाई मुक्ति, विरामीलाई राहत
अहिले इटलीमा सम्पूर्ण कार्यविधी ठप्प भएको छ । ठप्प हुँदा घातक ग्यास र अन्य हानिकारक तत्वहरुको मात्रा वायुमा न्युन भएको जनाइएको छ।

तेल, ग्यास र डिजेललाई जलाउँदा निस्कने रसायन नाइट्रोजन अक्साइडले वायु प्रदुषण हुने गर्दछ । नाइट्रोजन अक्साइडले मानिसको छातीमा समस्या देखा पर्ने गर्दछ । जसले गर्दा मानिसमा अस्थमा जस्ता घातक रोग निम्तिने गर्दछ।

पानीको गुणस्तरमा सुधार
कोरोना संक्रमणपछि यत्रतत्र फोहोर पानीमा फाल्ने क्रम रोकिएको छ। विश्वका लकडाउन भएको धेरै मुलुकमा पानीको गुणस्तरमा पनि परिवर्तन आएको एक अध्ययनले देखाएको छ।

इटालीको भेनस शहरमा बग्ने नहर स्वच्छ बनेको छ । कोरोना भाइरस आउनुपूर्व जुन अवस्थामा बग्थ्यो त्यो अहिले पाइदैन । प्रदुषणरहित तरिकाले बगिरहेका छन्। पानीको गुणस्तरमा एशियाली मुलुक नेपाल, भुटान र श्रीलङ्कामा पनि सुधार आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad