त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ।
अध्यागमन कार्यालयले कोरोना भाइरस नभएको व्यहोरा लेखिएको स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।
फिर्ता पठाइएकामा नेपाली मूलका बेलायती स्वर्णिम गुरुङ पनि छन्।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ।
अध्यागमनले २७ फागुनदेखि सोमबारसम्म ३६ विदेशीलाई फिर्ता गरेको हो।

प्रतिक्रिया