राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ।
शीतल निवास पुगेका दाहाल र राष्ट्रपति भण्डारीबीच एक घन्टा कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
भेटमा भएको छलफलको विषयमा भने सचिवालयले अनविज्ञता प्रकट गर्यो।
‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, कोरोना भाइरस संक्रमण फैलन नदिन नेपालको तयारी र पार्टीको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको हुनसक्छ,’ स्रोतले भन्यो।
दाहाल सामान्य रुघाखोकीका कारण केही दिनदेखि औपचारिक भेटघाटमा निस्किएका थिएनन्।

प्रतिक्रिया