हलिउड नायक टम ह्यान्क्स दम्पतिलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
उनले सामाजिक सञ्जाल ट्विटर तथा इन्स्टाग्राममार्फत आफू र आफ्नी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्।
अस्ट्रेलियको क्विन्सल्यान्ड निवासी ६३ वर्षका टमले आफूहरूलाई सामान्य रुघाखोकीको लक्षण देखिएको र स्वास्थ्य परीक्षण गराउँदा दम्पतिलाई नै कोरोना भाइरस संक्रमण देखिएको बताएका छन्।
‘हामी रुघाखोकी लागेको जस्तो गरी थकित भएका थियौं। जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको छ,’ उनले इन्स्टाग्राममा लेखेका छन्, ‘के भएको भनेर परीक्षण गराइहाल्यौं। हामीमा कोरोना भाइरसको संक्रमण देखियो।’
यसबारे थप जानकारी गराइरहने उनले जानकारी दिएका छन्।
ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए। टम चलचित्र क्षेत्रकै सर्वोकृष्ट आवर्ड ओस्कार विजेता कलाकार हुन्।
अस्ट्रेलियामा अहिलेसम्म १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया