राजनीति


अमेरिकाले भन्यो: अब १ महिना युरोपेली देशका विमान छिर्न दिँदैनौं

अमेरिकाले भन्यो: अब १ महिना युरोपेली देशका विमान छिर्न दिँदैनौं

नेपालखबर
फागुन २९, २०७६ बिहिबार २:५१,

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाले युरोपेली मुलुकबाट आफ्नो देशमा हुने सबै उडान एक महिनाका लागि बन्द गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार बिहानै टेलिभिजन सम्बोधनमार्फत गरेको यो घोषणा ब्रिटेनको हकमा भने लागू नहुने बीबीसीले जनाएको छ।

इटलीलगायत युरोपेली मुलुकमा कोरोना संक्रमणले महामारी रूप लिँदै गएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।

उता इटलीले कोरोना संक्रमण बढ्दै गएपछि किराना र औषधिबाहेक सबै पसल बन्द गराएको छ।

इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थल यसअघि नै बन्द गरिएका छन्।

त्यहाँ १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने यसबाट ८ सय २७ जनाकाे मृत्यु भइसकेकाे छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad