बलात्कारको घटना लुकाउन गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर काममा फर्केका छन्। तत्कालीन जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा विजयकुमार सिंह र डा रम्भा गोइत पुरानै पेसामा फर्केका हुन्।
आर्थिक प्रभावमा परी बलात्कारजस्तो जघन्य अपराधको घटना लुकाउन गलत रिपोर्ट दिएको भन्दै विशेष अदालतले १ पुस ०७६ मा ६ महिना कैद सजाय र २५ हजार जरिवानाको फैसला गरेको थियो। तर, अहिले दुवैजना बिरामीको चेकजाँच गर्दै आइरहेका छन्। यो खबर आजको नयाँ पत्रिकामा हदिश खुद्दारले लेखेका छन्।
डा सिंह जनकपुरकै विभिन्न हस्पिटल तथा क्लिनिक तथा डा गोइत बुटवलमा एक नर्सिङ होममा काम गरिरहेको पाइएको छ। पेसागत मर्यादाविपरीत कार्य गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले दुवैको चिकित्सक प्रमाणपत्र खारेज गरेको छ ।
प्रतिक्रिया