सभामुख कृष्णबहादुर महराको यौन दुव्र्यवहार घटना र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस काण्डलाई पत्रकार अजयबाबु शिवाकोटीले हाम्राकुराडटकममार्फत सतहमा ल्याइदिएपछि दुबै पदच्युत भए।
यसैकारण आफूमाथि धम्की आइरहेको दाबी उनले गरेका छन्।
आजको नेपाल साप्ताहिकका लागि मानबहादुर बस्नेतले शिवाकोटीसँग गरेको कुराकानीको सार संक्षेपः
दुई हाई प्रोफाइलका गलत काम बाहिर ल्याएपछिको अनुभव कस्तो रह्यो?
दुबै राजनीतिमा प्रभावशाली व्यक्ति थिए। महरा प्रकरण मेरो जीवनकै पहिलो चुनौतीपूर्ण काम भयो। बाँस्कोटा प्रकरणमा चाहिँ धम्कीको तह बढ्यो। सायद प्रधानमन्त्रीको नजिकको व्यक्ति भएकाले होला।
धम्की कहाँबाट आएको थियो?
पहिलोमा नचिनेका मानिसले फोन गर्थे। पछिल्लोमा फोन गरेर धम्क्याउने भन्दा पनि सामाजिक सञ्जालमा तर्साउने गरे। अझै उनीहरुबाट खतरा देख्दैछु।
तपाईंमाथि आफ्ना नेता (कांग्रेस) लाई जोगाएर नेकपाको मात्र खेदो खनेको आरोप छ नि?
भोट हाल्दा त्यो विचार आउला तर लेख्दै गर्दा कुन पार्टीसँग छु भन्ने बिर्सन्छु।
फेरि यस्ता ठूला काण्डबारे सूचना आउँदा पार्टी हेर्दैनौँ। भोली जुनसुकै पक्ष, पार्टीको यस्ता प्रमाण भेटिए मोलाहिजा गर्दैनौँ।
Shares

प्रतिक्रिया