छापा खबर


बिनारक्तपात भोजपुर कब्जा

बिनारक्तपात भोजपुर कब्जा

नेपालखबर
फागुन २५, २०७६ आइतबार १:३३,

वि.सं.२००७ मंसिर लाग्नासाथ उदय मिडिल स्कुलका हेडमास्टर नारदमुनि थुलुङ भोजपुर बजारको बीच भन्ज्याङमा बसेर कांग्रेस आयो भनेर हल्ला चलाउथे।

त्यो भनेको भोजपुर सदरमुकाम कब्जा गर्नुरहेछ। आज आइतबार प्रकाशित भएको नेपाल साप्ताहिकमा गजेन्द्रमणि प्रधान लेख्छन्– हामी सानो कक्षाका विद्यार्थी भएकाले त्यसको सुइँको अलिअलि मात्र पाउँथ्यौँ।

उनले भोजपुर बजारको डेरामा अवकासप्राप्त ब्रिटिस सैनिकसँग मिलेर क्रान्तिको रणनीति बनाएका रहेछन्।

बडाहाकिम कर्णेल भक्तबहादुर खड्का भने बाहिरबाट मात्र आक्रमण होला भनेर त्रसित थिए। बडाहाकिमकै अनुरोधमा केन्द्रले माल अड्डा लुटपाट रोक्न गाउँलेलाई पनि अनिवार्य रुपमा पालोपहरा दिन आदेश जारी गरेको थियो।

२४ मंसिरमा दिक्तेल जुम पहरा दिने पालो नारदमुनीको थियो। बिहानै नारदमुनीका बहिनीज्वाइँ श्रीपाल राई, रामप्रसाद राई, मुगाधन राईलगायतले माल अड्डाका दुई जना सैनिकलाई ब्ल्यांक फायर गर्दै नियन्त्रणमा लिए।

भोजपुर टुँडिखेल वरपर मुक्ति सेना तम्तयारी अवस्थामा थियो। हाटबजारमा आएकाहरु भागाभाग भए।

मुक्तिसेनाले माल अड्डा कब्जामा लिएपछि मात्र बडाहाकिमले चाल पाए। त्यसपछि बडाहाकिमले के भयो मास्टर भनेर नारदमुनीलाई सोधेछन्।

बडाहाकिमले आफूसँग भएको बाह्रबोर बन्दुक पनि नारदमुनीलाई दिएछन्।

बडाहाकिमको बन्दुक नारदमुनीको हालतमा पुगेपछि बिनारक्तापात भोजपुर कब्जा भइहाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad