ad ad

छापा खबर


सञ्चार मन्त्रालयमा अख्तियारको छापा, आरोप पुष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कैद हुनसक्ने

सञ्चार मन्त्रालयमा अख्तियारको छापा, आरोप पुष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कैद हुनसक्ने

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ०:२८,

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ।

मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

यस्तै उनले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको अख्तियार स्रोतले जनाएको छ।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयोगले अध्ययन थालेको हो।

अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिए।

आरोप पुष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कैद हुनसक्ने अख्तियारले जनाएको छ। बाँस्कोटाको सम्पत्तिमाथि पनि छानविन गर्न माग भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .