ad ad

छापा खबर


यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न अदालतको अनुमति

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न अदालतको अनुमति

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ०:१६,

छात्राहरुमाथि यौन दुव्यवहार आरोप लागेका ललितपुर चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौलालाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ।

 बुधबार दिउँसो विद्यालयकी प्रअ सविता सिलवालले सातदोबाटो प्रहरी वृत्तमा ‘घटनाको आवश्यक अनुसन्धान तथा दोषी उपर कारबाही गरीपाउँ’ भनि दिएको जाहेरी र प्रहरी प्रतिवेदनको आधारमा पक्राउ अनुमति पाएको डिएसपी मित्रबन्धु शर्माले जानकारी दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘आरोपित शिक्षक हाम्रै नियन्त्रणमा छन्, अनुसन्धानअघि बढाउन बाटो खुलेको छ,’ उनले भने।

फागुन १ मा आरोपित नन्दप्रसादले तीन, चार र पाँच कक्षामा पढ्ने छात्राहरुलाई यौन दुर्व्यवहार गरेको हस्तलिखित उजुरी परेको थियो। उक्त उजुरीमा २६ छात्राका हस्ताक्षर गरेका छन्।

यस घटनालाई विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिले ढाकछोप गर्न खोजेको पाएपछि मानवअधिकार आयोगले गम्भीर चासो लिएको आयोगकी सदस्य मोहना अन्सारीले बताइन्।

आरोपित नन्दप्रसाद नारायण आधारभूतमा ५ कक्षासम्म सामाजिक विषयका शिक्षक हुन्। उनी यसअघि पनि यस्ता गतिविधिमा संलग्न थिए।

पाटनको पाटन माध्यामिक विद्यालय र लाकुरीभञ्ज्याङ्गको कालीदेवी आधारभूत विद्यालयमा पढाउने क्रममा पनि महिलाहरुलाई यौन दुव्यवहार गरेको आरोप लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .