छापा खबर


कसले रच्यो सरकार ढाल्ने षड्यन्त्र? किन चिन्तामा छन् प्रधानमन्त्री ओली?

कसले रच्यो सरकार ढाल्ने षड्यन्त्र? किन चिन्तामा छन् प्रधानमन्त्री ओली?

नेपालखबर
फागुन ७, २०७६ बुधबार २:६,

नेकपाको सरकारले दुई वर्षे कार्यकाल सहजै पूरा गरेसँगै अविश्वास प्रस्ताव आउने बाटो संविधानतः खुल्नु र गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले ढाल्ने षड्यन्त्र सुरु भयो’ भन्नुमा के तादाम्यता छ?

के प्रतिपक्ष त्यस्तो बलियो छ, जसले यो सरकार ढाल्ने हैसियत राख्छ? वा भित्रभित्रै नेकपा विभाजित भएर प्रतिपक्षीको योजनामा सामेल हुँदैछ कि? या सैनिक, विप्लव वा कुनै विदेशी शक्तिको चलखेल त्यति घनिभूत रुपमा प्रकट भइसकेको छ?

आजको जनआस्था साप्ताहिकका अनुसार दुई तिहाइको सरकार छ, संख्या नपुगेको कांग्रेस हार खाएर बसेको छ।

राष्ट्रियस सभा चुनावमा मिल्न आएका राजपाहरु संघीय सरकारमा सामेल नहुने सन्देशसहित दिल्लीबाट फर्केका छन्।

यस्तो स्थितिमा सरकार ढाल्छ कसले? एकथरी नेकपा नेताहरुको भनाई छ, ‘आफैँ विपक्षी खडा गर्ने र त्यही पिर लिएर बस्ने प्रधानमन्त्रीको बानी छ।’

प्रधानमन्त्रीले झापामा बोलेको कुरालाई पार्टीको आन्तरिक पक्षमा रक्षात्मक भइयो भन्ने अर्थमा लिन सकिने कतिपय नेकपा नेताहरुको ठहर छ।

यसो गर्दा विरोधीहरु सरकारै ढाल्ने कोशिसमा लागे भने पनि पार्टीभित्र नमिलेका पक्ष भित्रभित्रै मिल्ने सम्भावना रहन्छ।

‘बाहिर सरकार ढाल्न खोजेका छन्, तपाईं पनि त्यसमा सामेल हो?’ भनेर प्रश्न गर्न सकिने अर्थमा प्रधानमन्त्रीको भनाई आएको नेताहरुको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad