ad ad

छापा खबर


फिल्म फ्लप भएपछि वरुणको बिहे नै रोकियो

फिल्म फ्लप भएपछि वरुणको बिहे नै रोकियो

नेपालखबर
माघ २४, २०७६ शुक्रबार २:१२,

बलिउड अभिनेता वरुण धवनको अर्काे महिना हुने भनिएको विवाह केही समयका लागि स्थगन भएको छ।

यतिबेला यी अभिनेता गत साता रिलिज भएको आफ्नो फिल्म ‘स्ट्रिट डान्स थ्री’ असफलताको पीडामा छन्।

आफ्नी प्रेमिका नताशा दलालसँग उनी अर्काे महिना मार्चमा विवाहको तयारीमा थिए। विवाहका लागि उनले थाइल्यान्डको पाँचतारे होटलसमेत बुक गरिसकेका थिए भनेर आजको राजधानीमा खबर छापिएको छ।

barun dhawan

विवाहको तयारी हुँदै गर्दा उनले केही समयका लागि आफ्नो विवाह रोकेका छन्। यी अभिनेताको गत वर्ष फिल्म कलंक व्यावसायिक रुपमा पूर्ण असफल भयो।

नयाँ फिल्म स्ट्रिट डान्स थ्री हिट हुन्छ जस्तो लागेको थियो। तर यो फिल्म पनि बक्स अफिसमा फ्लप भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .