छापा खबर


यसकारण छाड्नुस् मदिरा पिउन

यसकारण छाड्नुस् मदिरा पिउन

नेपालखबर
माघ १९, २०७६ आइतबार २:९,

मदिराले शरीरका विभिन्न प्रणालीमा असर गरिरहेको हुन्छ।

अत्यधिक मदिरा सेवन गर्दा यसले कलेजामा हानी गर्छ। यसले फ्याटी लिभर हुने सम्भावना बढाउँछ।

आजको नयाँ पत्रिका दैनिकमा अनुसार मदिरा सेवनले कलेजोसम्बन्धी सिरोसिस हुने सम्भावना अधिक हुन्छ।

विभिन्न किसिमका क्यान्सरको कारणसमेत मदिरा बन्ने गरेको छ।

मुख, पेट, कलेजो, स्तन आदिको क्यान्सर मदिरा सेवन गर्ने मानिसमा बढी देखिन्छ।

मदिरा सेवनले पाचन प्रणाली र पेटसम्बन्धी समस्या सिर्जना गर्छ। पेटमा अम्लपित्त बढेर ग्यास्ट्राइटिस हुन्छ।

मदिरा सेवन गर्नेमा आँखाको दृष्टिमा समस्या आउने, सम्झिन गाह्रो हुने, ढिलो बोल्ने वा प्रतिक्रिया ढिलो दिने, आवश्यकताभन्दा बिस्तारै हिँड्नेजस्ता समस्या देखिन्छ। यी सबै मस्तिष्कक्षतिका लक्षण हुन्।

मदिरा सेवन गर्नेलाई मधुमेहको जोखिम पनि बढी हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad