छापा खबर


कोरोना भाइरसविरुद्ध खोप आविष्कार गर्न वैज्ञानिक सफलता नजिक

कोरोना भाइरसविरुद्ध खोप आविष्कार गर्न वैज्ञानिक सफलता नजिक

नेपालखबर
माघ १९, २०७६ आइतबार ०:३३,

चीनको उहान क्षेत्रलाई आक्रान्त बनाएको कोरोना भाइरस नियन्त्रण गर्न खोपको आविष्कार गर्ने काममा वैज्ञानिकहरू सफलताको नजिक पुगेका छन्।

गार्जियन दैनिकको अन्तर्राष्ट्रिय संस्करणले जानकारी गराएअनुसार खोपका लागि अनुसन्धानकर्ताहरूको दौड जारी छ। कम्तीमा तीन फर्मासुटिकल कम्पनी र विश्वका अनुसन्धानकर्ताहरू प्रभावकारी खोपको आविष्कारमा लागेका छन्।

अ‍ेमिरिकाको मेरिल्यान्डस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताले व्यक्तिको शरीरमै कोरोना भाइरसको परजीवीविरुद्ध लड्ने क्षमता बढाउने खोप पहिला नै आविष्कार गरिसकेको पनि गार्जियनले उल्लेख गरेको छ भनेर आजको नेपाल समाचारपत्रले खबर छापेको छ।

१६ हप्ताभित्र खोप आविष्कार गरिसक्ने लक्ष्यसाथ थालिएको यस कार्यका लागि क्विन्सल्यान्ड विश्वविद्यालयलगायतसँगको सहकार्य रहनेछ। ‘यसैबीच अन्य संस्थाले पनि खोपको तयारी गरेको जनाएका छन्, तर दौड कसले जित्ने हो, प्रतीक्षाको विषय बनेको छ,’ गार्जियनले लेखेको छ।

अनुसुन्धानकर्ताले सन् २००१ मा चीनबाटै सुरु भएको कोरोना भाइरस अहिले उहानमा देखिएको भाइरस समान रहेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad