छापा खबर


आफूसँग २५ हजार कार्यकर्ता रहेको गच्छदारको दाबी, छानबिन गर्दै कांग्रेस

आफूसँग २५ हजार कार्यकर्ता रहेको गच्छदारको दाबी, छानबिन गर्दै कांग्रेस

नेपालखबर
असार १४, २०७६ शनिबार १:५५,

कांग्रेसले गत संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो ।

पार्टी एकतापछि गच्छदारसँग आएकामध्ये कसैले पनि निर्वाचनमा जित हात पारेनन् । उनीसँगै आएका जितेन्द्र देव भने राष्ट्रिय सभा सदस्य निर्वाचित भए । तर, गच्छदारलाई भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन् ।

उनीसँगै आएका रामजनम चौधरीलगायत दर्जनौँ अहिले भूमिकाविहीन अवस्थामा छन् ।

पार्टी एकताका वेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेस गरेको थियो ।

कांग्रेसले अहिले समायोजन प्रक्रियाअन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।

यो सूचीको नामावली सम्बन्धित जिल्लामा पठाई दुई हप्ताभित्र छानबिन सक्न उपसभापति एवं समायोजन समितिमा संयोजक विमलेन्द्र निधिको समितिले शुक्रबार निर्देशन दिएको हो ।

किन गर्दै छ कांग्रेसले गच्छदारका क्रियाशील सदस्यको छानबिन रु
उपसभापति विजयकुमार गच्छदारले गत २५ चैतमा तत्कालीन लोकतान्त्रिक फोरमका तर्फबाट २५ हजार चार सय ६८ जना क्रियाशील सदस्य रहेको दाबी गरेका थिए ।

संस्थापननिकटकै एक नेताले गच्छदारले प्रस्तुत गरेका २५ हजार सदस्यमा गुटगत रूपमा नाम प्रवेश गराएको गुनासो आएपछि छानबिनको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

‘विजय गच्छदारजीले २५ हजार सदस्यको नाम दिनुभएको थियो । यसमा गुनासो नहोस्, गुटगत प्रभाव नदेखियोस् भनेर नामबारे छानबिन गर्न खोजेका हौँ,’ देउवानिकटका तीन नेताले भने, ‘संस्थापनदेखि अरू गुटका नेताहरूमा पनि गुटगत रूपमा नाम घुसाए भन्न थालिएपछि छानबिन गर्न लागेका हौँ ।’

छानबिनका क्रममा कांग्रेसबाट निकालिएका मान्छे नपरून्, लोकतान्त्रिक फोरमका जो हुन् ती मात्र सदस्य कायम हुन् भनेर खोजिने ती नेता बताउँछन् ।

यसरी झन्डै ५१ जिल्लामा सदस्यताको छानबिन गर्ने गरी समितिले सर्कुलर गरेको छ । १४औँ महाधिवेशन नजिक आउँदै गर्दा गच्छदारले यसरी माग गरेका क्रियाशील सदस्य आफ्नो गुटमा पार्ने भन्ने स्वार्थ पनि नेताहरूमा देखिन्छ ।

नेता गच्छदार संस्थापन देउवानिकट देखिए पनि उनी पार्टीमा समझदारी गर्ने नेताका रूपमा स्थापित हुन खोजिरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad