सरकारी विद्यालयहरुमा शिक्षक ब्यवस्थापनमा हायर एन्ड फायरको ब्यवस्था कार्यन्वयन गर्न नसक्दा सरकारी स्कुलहरु कमजोर विद्यार्थी थुपार्ने स्थलको रुपमा बन्दै गएको छ।
सरकारले एसइई नतिजामा सुधार ल्याउने उदेश्यले अक्षराँकन प्रणाली कार्यान्वयनमा ल्यायो तर कक्षाकोठामा नपढाउने शिक्षकलाई फायर गर्ने ब्यवस्था लागु गर्न सरकारले आँट गर्नै नसकेको शिक्षाविज्ञहरुको विश्लेषण छ। यो खबर आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन्।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको नतिजा हेर्दा ५० प्रतिशत मुनि अंक अर्थात जिपिए २ मुनि प्राप्त गर्ने विद्यार्थीहरु सरकारी स्कुलमा थुप्रेका छन्। ९०हजार ४ सय ४५ सरकारी स्कुलका विद्यार्थीले यो स्थान हासिल गरेका छन्। जबकी निजी विद्यालयका ४ हजार ८ सय ६२ मात्र छन्।
सरकारले शिक्षा ऐनमा निजी विद्यालयहरुलाइ १० वर्षभित्र विभिन्न चरणमा ल्याउँदै सेवामुनि शिक्षा बनाउने र राष्ट्रमा समाजवाद शिक्षा प्रणाली कार्यन्वयनमा ल्याउने कोहल्लानै मचायो।
अझै पनि शिक्षा ऐनको मस्यौदा कानून मन्त्तालयमा छ। सरकारले सरकारी शिक्षा सुधार गर्न भन्दा पनि निजीलाई अंकुश लगाउने तर्फ ध्यान केन्द्रित गरेको देखिन्छ।
जबकी निजी विद्यालय संचालकहरुले आधुनिक शिक्षामा संसारमा विक्ने उतकृष्ठा विद्यार्थी उत्पादन गर्न र लगानी उठाउन तर्फ केन्द्रित देखिनछन्।यसकालागि स्कुलको पठनपाठन चुस्त गनर्सको विकल्पनै नरहेको नोवोल कलेजका संचालक सुरेन्द्र श्रेष्ठको ठहर छ।
माथिलो ग्रेड अर्थात जिपिए ४ मुनि ल्याउनेको भिड छ। निजी विद्यालय तर्फबाट ४ जिपिए मुनिका १४ हजार ७ सय ८८ विद्यार्थी छन् भने सरकारीबाट यो समुहमा २ हजार ७ सय ९२ मात्र।
यस वर्षको एसइइ परीक्षामा कुल चार लाख ५९ हजार २ सय ७५ विद्यार्थी सहभागिता जनाएकोमा सरकारी तर्फबाट तीन लाख २५ हजार ३ सय ३० छन् भने नजिी तर्फका एक लाख ३३ हजार ९ सय ४५। यति मात्र होइन जिपिए ३।६० मुनिका सरकारी विद्यालयबाट ११ हजार २ सय २३ छन् भने निजीबाट ३९ हजार ९ सय १४।
सरकारी स्कुलको शिक्षक ब्यवस्थापन हायर एन्ड फायरमा आधारित नभएकै कारण सरकारी शिक्षा सुधार गर्न चुनौति थपिएको स्वयं सरकारी कर्मचारीहरुले समेत स्वीकारेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेले निजी विद्यालयहरुमा शिक्षक नियुक्ति गर्दानै सशर्त हायर एन्ड फायरको ब्यवस्था हुने भएकोलेनै निजी विद्यालयका कम गुणस्तरको शिक्षकले समेत दिनरात मिहिनेत गरेर कक्षाकोठामा शिक्षण सिकाइ गराउने भएकोले निजीको नतिजा सरकारी भन्दा राम्रो भएको बताए। ‘माथिाले ग्रेडमा निजी र सरकारी विद्यार्थीको खाडाल निकै ठूलो छ।
Shares

प्रतिक्रिया