छापा खबर


कोरोना भाइरसको जोखिममा नेपाल, नमूना विदेश पठाइने

कोरोना भाइरसको जोखिममा नेपाल, नमूना विदेश पठाइने

नेपालखबर
माघ ६, २०७६ सोमबार २३:४५,

‘नोबेल कोरोना भाइरस’ का बिरामीको रगत र र्‍यालको नमुना विशेष परीक्षणका लागि विदेश पठाइने भएको छ।

चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो।

अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्। उनी चीनको ‘वुहान’ बाट छुट्टीमा नेपाल फर्किएका थिए। नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमुना विदेश पठाउन लागिएको हो।

ज्वरो, खोकीलगायतका लक्षण देखिएका ती बिरामीको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ( को समन्वयमा एक–दुई दिनभित्रै भारतको पूणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलजी वा हङकङ पठाइने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.विवेककुमार लालले जानकारी दिए।

उक्त परीक्षणको प्रतिवेदन आएपछि मात्र ती विद्यार्थी नोबेल कोरोना भाइरसबाट संक्रमित रहे वा नरहेको स्पष्ट हुनेछ।

डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको वुहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो।

हालसम्म उक्त भाइरसबाट संक्रमित अधिकांश बिरामी समुद्री खाद्य बजारमा काम गर्ने छन्। कोरोना भाइरस ऊट, बिरालो, चमेरोसहित थुप्रै पशुमा प्रवेश गरिरहेको छ।

चीनका सरकारी अधिकारीका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको स्पष्ट प्रमाण छैन।

हाल अस्थायी रूपमा वुहान ‘सी–फुड होलसेल मार्केट’ बन्द गरिएको छ। ‘उक्त बजारमा समुद्री जीवजन्तुलगायत चमेरो, बिरालोजस्ता जनावरको मासुसमेत बिक्री गरिन्छ,’ ईडीसीडीका जुनोटिक र अन्य सरुवा रोग शाखा प्रमुख डा। हेमन्तचन्द्र ओझाले भने। उनका अनुसार पशुमा हुने कोरोना भाइरस मान्छेमा सर्छ।

यो भाइरसको जोखिममा नेपालसमेत छ। तथ्यांकअनुसार भारतपछि सबभन्दा बढी पर्यटक चीनबाट आउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad