छापा खबर


‘नर्सलाई ५ हजारमै काम लगाउनुको कारण यस्तो छ’

‘नर्सलाई ५ हजारमै काम लगाउनुको कारण यस्तो छ’

नेपालखबर
माघ ५, २०७६ आइतबार १:४३,

न्यून ज्याला र बेरोजगारीले थलिएको नेपाल नर्सिङ संघको नेतृत्व हालै मनकुमारी राईले पाएकी छन्।

देशभरका ९० हजार नर्सको नेतृत्व गर्ने नर्सिङ संघकी अध्यक्ष राईसँगको संवाद आज माघ ५ गते प्रकाशित नेपाल साप्ताहिकमा छापिएको छ :

नर्सका तलब, सुविधालगायत समस्या सम्बोधन गर्ने तपाईंको योजना के छ?
निजी अस्पतालमा नर्सलाई दिने पारिश्रमिकमा एकरूपता छैन। मैले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हालेपछि स्वास्थ्य र श्रम मन्त्रालयमा गएर समस्याबारे बुझाउँछु। दुवै मन्त्रालयको सहकार्यमा जागरुकता ल्याउने र नियमन गर्ने गरी काम हुन्छ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार रुपैयाँ पाउनुपर्छ। अहिले त नर्सलाई ५ हजारमा काम लगाइएको छ।

कम सुविधामा लगाउनुको कारण के हो?
विश्व स्वास्थ्य संगठनलेको मापदण्डअनुसार बिरामी र नर्सको अनुपात मिलेको छैन। जस्तो, आईसीयूमा एक नर्स बराबर एक बिरामी हुनुपर्छ तर व्यवहारमा त्यस्तो छैन। अर्का नर्सको मागभन्दा उत्पादन बढी ज्यादै बढी भएकाले न्यून सुविधामै काम गर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad