काठमाडौँ-हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ।
प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ।
सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ। सुरुङमार्ग निर्माणको अनुमति पाएको निजी क्षेत्रका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल(ले अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्दा प्रदेश सरकारले अग्रसरता देखाएको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।
२०६९ सालमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । अहिलेसम्म सो कम्पनीले सुरुङमार्ग निर्माणको आर्थिक स्रोतको आधार नै पेस गर्न सकेको छैन ।
चार किलोमिटर प्रस्ताव गरिएको यस सुरुङमार्गको कुल निर्माण लागत करिब १२ अर्ब रुपियाँ देखिएको छ।
निर्माणको जिम्मा पाएका कम्पनीले सञ्चालक तथा सर्वसाधारणबाट गरी ३१ करोड ७६ लाख रुपियाँ सङ्कलन गरेको थियो तर अहिले बैङ्क ग्यारेन्टीका लागि राखिएको तीन करोड रुपियाँ बाहेकका रकम कम्पनीले खर्च गरिसकेको छ।

प्रतिक्रिया