म आफू काम गर्ने रिसोर्टमा त्रिशूलीको साइडतर्फ बसिरहेको थिएँ। एक्कासि झोलुंगे पुलमा केही मान्छे ‘मान्छे बगायो, मान्छे बगायो’ भनेर चिच्याइरहेको सुनें।
म कायक चालक भएकाले हत्तपत्त कायक लिएर नदीमा पसिहालें। केही तल मान्छे बगाएको देखेपछि कायकलाई त्यतै लगें।
आजको अन्नपूर्ण पोस्टमा उद्धारकर्मी राजेन्द्र श्रेष्ठले भनेका छन् : केटा मान्छे होसमै थियो। केटी मान्छेको खुट्टा समाउँदै सँगै बग्दै रहेछन्। मैले मेरो कायकमा समाउन लगाएँ। केटी मान्छेलाई आफैं समातेर पाखामा ल्याएँ।
उनीहरूलाई बाहिर ल्याउँदा केटी मान्छे बेहोस थिइन्। सायद उनको मृत्यु भइसकेको थियो। उनीहरूलाई पाखा ल्याएपछि मात्रै दुई बच्चा पनि थियो भन्ने थाहा पाएँ। मैले नदीमा भने देखिनँ। पुलमा बस्नेहरूले बच्चा पनि बगेको देखेका रहेछन्। अलिक तलसम्म त पुगेर खोजी गर्यौं तर बच्चा फेला पार्न सकिएन।
याे पनि : मिटर ब्याजबाट मुक्ति खोज्न मृत्यु रोजे, थपियो श्रीमती र दुई छोराको वियोग
Shares

प्रतिक्रिया