सञ्चारकर्मी मनोहर ढकालको डकैतसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई जनही ३९ वर्ष कैद गर्ने फैसला गरेको छ।
जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार हेटौंडा उपमहानगरपालिका ११ का अनमोल पुडासैनी र हेटौंडा १२ का प्रवीण वाइवालाई हेटौंडा ११ नवलपुरका सञ्चारकर्मी ढकालको हत्या गरेको ठहर गर्दै उक्त सजाय सुनाएको हो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
ढकालको हत्या गरेकामा जन्मकैद अर्थात् २५ वर्ष र डकैती गरेकामा १४ वर्ष गरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले बताए।
3
Shares

प्रतिक्रिया