छापा खबर


६ महिनामा ३८.९५ प्रतिशत मात्रै राजस्व संकलन, लक्ष्य भेट्न मुस्किल

 ६ महिनामा ३८.९५ प्रतिशत मात्रै राजस्व संकलन, लक्ष्य भेट्न मुस्किल

नेपालखबर
माघ ३, २०७६ शुक्रबार २:३४,

चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको छ।

आर्थिक वर्ष २०७६ ७७ को पुस मसान्तसम्ममा सरकारले ३८ दशमलव ९५ प्रतिशत मात्रै राजस्व संकलन गरेको खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

चालू आवका लागि सरकारले कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । सरकारले यो अनुपातमा लक्ष्य भेट्न अझै ६१ दशमलव ५ प्रतिशत राजस्व संकलन गर्नुपर्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

पुसको अनुमानित लक्ष्य पूरा भए पनि विगत ६ महिनादेखि अहिलेसम्मको अवधिमा लक्ष्यभन्दा कम राजस्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनीराम शर्माले पुसमा लिएको लक्ष्य भने पूरा भएको जानकारी दिए।

चालू आवका लागि सरकारले कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमध्ये सरकारले कर राजस्वतर्फ १० खर्ब ९ अर्ब १६ करोड १८ लाख रुपैयाँ र गैरकरतर्फ कुल १ खर्ब २ अर्ब ८७ करोड १४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

पुस मसान्तसम्म ४० प्रतिशत राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सरकारले पुसको अन्तिम दिन मात्र ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले निर्धारण गरेको १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्वको लक्ष्य पूरा गरेको छ । जसमा कर राजस्वतर्फ ३ खर्ब ९१ अर्ब ९७ करोड र गैरकर राजस्वतर्फ ४१ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी, आन्तरिकतर्फ ८१ अर्ब रुपैयाँ मासिक लक्ष्य निर्धारण गरिएकामा ७५ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ । ठूला करदाता कार्यालय र मध्यमस्तरीय कार्यालय दुवैको संकलन लक्ष्यभन्दा कम रहन गएपछि यसको असर समग्र राजस्व संकलनमा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad