अमेरिकासँग तनाव बढिरहेका बेला इरानले बुधबार बिहान इराकको इर्बेलस्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ। उक्त एयरबेसमा नेपाली शान्ति सेना खटिएका छन्।
इराकस्थित दुई अमेरिकन एयरबेसमा २२ वटा मिसाइल प्रहार गरेको इरानले नेपाली खटिएको सिटी अफ इर्बेलस्थित एयरबेसमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। त्यस्तै असद एयरबेसमा १७ मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो खबर आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन्।
मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।
‘नेपाली शान्ति सेना खटिएकै एयरबेसमा इरानले मिसाइल आक्रमण गरेको छ तर नेपाली शान्ति सैनिक सुरक्षित छन्,’ नेपाली सेनाका प्रवक्ता प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।
Shares

प्रतिक्रिया