छापा खबर


अमेरिका-इरान विवादले नेपाली बजारमा यसरी अचाक्ली बढ्दैछ सुनको भाउ

अमेरिका-इरान विवादले नेपाली बजारमा यसरी अचाक्ली बढ्दैछ सुनको भाउ

नेपालखबर
पुस २१, २०७६ सोमबार १:७,

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन बजार खुल्नेबित्तिकै १ हजार बढेर तोलामा ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन भने तोलामा ७५ हजार २ सय रुपैयाँ कायम भएको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २ सय रुपैयाँ थियो।

एक महिनाको अवधिमा छापावाल र तेजाबी सुन ३ हजार ८ सय रुपैयाँले बढेको छ। अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad