छापा खबर


रुघाखोकीमा हेलचेक्रयाइँ गरे ज्यान जाला है

रुघाखोकीमा हेलचेक्रयाइँ गरे ज्यान जाला है

नेपालखबर
पुस १५, २०७६ मंगलबार ०:३९,

डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो।

उनले त्यसलाई सामान्य रुपमा लिए। ज्वरो बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो।

संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो।

उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्रयाइँ गरी ढिलो उपचारमा पुग्नु रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।

यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

चिकित्सकका अनुसार उपचारमा ढिलाइ भएपछि संक्रमणका कारण उनका धेरै अंग फेल भएका थिए।

भाइरल रुघाखोकीमा हेलचेक्रयाइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्का एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

नेपालमा प्रदूषण तथा फोहोरका कारण भाइरल संक्रमण सजिलै निमोनिया र सेप्सिसमा पुग्ने गरेको चिकित्सकहरुको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad