छापा खबर


बुवाले आमालाई निर्घात कुटेर ४ दिनदेखि कोठामै थुनेर राखेपछि छोरीले लगाइन् यस्तो ‘आइडिया’

बुवाले आमालाई निर्घात कुटेर ४ दिनदेखि कोठामै थुनेर राखेपछि छोरीले लगाइन् यस्तो ‘आइडिया’

नेपालखबर
पुस १३, २०७६ आइतबार २:५३,

श्रीमतीलाई निर्घात कुटपिट गर्ने बझाङ दुर्गाथली गाउँपालिका ६ सैनपसेलाका राजु जाग्री प्रहरीको हिरासतमा परेका छन्।

राजुकी पत्नी रमाले पतिले अनाहकमा कुटपिट गरेको भन्दै निवेदन दिएपछि उलनाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।

एक साताअघि राजुले रमालाई मरणासन्न हुने गरी कुटेर चार दिनसम्म कोठामै राखेका थिए। बाहिर कसैलाई जानकारी नदिएर कोठामै बन्धक बनाएर राखेकी रमालाई उनकी छोरीले घरमा ठूलो बुवालाई मोबाइलमा सन्देश पठाएर जानकारी दिएपछि घटना सार्वजनिक भएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

रमाले छोरीसहित आफन्तको सहयोगमा प्रहरी कार्यालयसहित महिला अधिकार मञ्चमा उजुरी दिएकी थिइन्। रमाको शरीरमा नीलडाम र चोट छन्। रमा अहिले सेफ हाउसमा खान बस्नसहित उपचार गराइरहेकी छन्। दुई छोराछोरीकी आमा रमा यसअघि पनि पटकपटक पतिले कुटपिट र दुव्र्यवहार गरेको गुनासो गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad