सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले (आइतबार बिहान) बसिरहेकाे छ।
बिहान ९ बजे सुरु बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र संघीय संसदको सभामुख चयन एजेन्डा रहेकाे नेकपा सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने बालुवाटारमै बैठक भइरहेकाे जानकारी दिए।
एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्रै मतभेद छ।
यस्तै तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परेपछि सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि नेकपा निष्कर्षमा पुग्न सकेको छैन।

प्रतिक्रिया