छापा खबर


अब के गर्ला राजपा?

अब के गर्ला राजपा?

नेपालखबर
पुस ८, २०७६ मंगलबार २३:५२,

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि धेरैको आँखा अर्को दल राजपातिर सोझिएका छन्।

राजपा अब संघीय सरकारमा सामेल हुन्छ र प्रदेश २ को सरकारसमेत हेरफेर हुन्छ भनेर रजानीतिक वृत्तमा अड्कल गर्न थालिएको छ।

अड्कलबाजी जति सहज रुपमा गरिएको छ, राजपाका लागि भने सत्ता रोहण त्यत्तिकै कठिन छ। यो खबर आजको कान्तिपुर दैनिकमा दर्गा खनालले लेखेका छन्।

राजनीतिक इमान ख्याल गरेन र परिस्थितिअनुसार आफूलाई बदल्यो भने राजपाको सत्तारोहण धेरै टाढा छैन।

केही समयदेखि आफैँले भन्दै आएका एजेण्डा सम्झियो भने उसका लागि सत्तारोहण सजिलो छैन।

रजपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दा र फिर्ता लिँदा संविधान संशोधन लगायतकै विषयमा अडान राखेको थियो।

जुन कुरा सरकार छाड्दा अहिले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि राखेका छन्।

राजपाले नेकपासँग संविधान संशोधन हुनुपर्ने, आन्दोलनमा लागेका आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने, बन्दी रिहाइ गर्नुपर्ने माग राखेको थियो।

अहिले यी मुद्दामा नेकपाबाट ठोस जबाफ आएको खण्डमा मात्र सरकारमा सामेल हुने नैतिक जमिन राजपालाई हुन्छ।

नत्र यादवको बहिर्गमनको फाइदा उठाउँदै ठोस सहमतिबिना सरकारमा सामेल हुँदा उसमाथि यसअघि लाग्दै आएको ‘अवसरवादी’ दलको दाग अझ गाढा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad