छापा खबर


मौसमविद् भन्छन् : यो वर्ष चिसो अझै बढ्छ

मौसमविद् भन्छन् : यो वर्ष चिसो अझै बढ्छ

नेपालखबर
पुस ६, २०७६ आइतबार ३:०,

२७ मंसिरमा भएको हिमपात तथा वर्षासँगै मुलुकभर चिसो सुरु भएको छ।

यस वर्षको जाडो र सम्भावित जोखिमबारे आज प्रकाशित भएको हिमाल साप्ताहिकले सरकारको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलसँगको अन्तर्वार्ता छापेको छ।

यो वर्ष के कारणले छिट्टै हिउँदे वर्षा भयो?
पश्चिमी वायुले ल्याएको न्यन चापीय प्रणालीका कारण यो वर्ष छिट्टै हिउँदे वर्षा भयो। त्यसैले अघिल्लो वर्षको तुलनमा अगाडि नै चिसो सुरु भयो।

अहिले हिमाली र पहाडी जिल्लामा हिमपात तथा तराईमा बाक्लो हुस्सु लागिरहेको छ।

चिसो अझै बढ्न सक्ने सम्भावना छ?
तराईमा हुस्सुसँगै चिसो अझै बढ्छ। त्यसपछिको मौसमी अवस भने ठ्याक्कै भन्न सक्ने अवस्था छैन।
जल तथा मौसम विज्ञान विभागले निकाल्ने मौसम पूर्वानुमान सम्बन्धी सूचना नियमित गृह मन्त्रालय पठाइरहेका छौँ।

ती सूचनाका आधारमा जोखिम न्युनिकरणका तयारी भइरहेको छ?
पूर्व तयारकिा लागि गृह मन्त्रालयले एक महिनाअघि विभागसहितका निकायसँगै बैठक गरेको थियो।

गृहले अन्य मन्त्रालयसँग समन्वय गरेर लत्तकपडा वितरणको पर्व तयारी पनि गरेको छ।

मौसम पूर्वानुमानको सूचना छिट्टै स्थानीय तहमा पुर्याउने संयन्त्र भए जोखिम घट्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad