छापा खबर


बैठकको बीचमै राष्ट्रपतिले नेकपाका आठजना नेतालाई भेटेपछि प्रचण्डको कडा आपत्ति

बैठकको बीचमै राष्ट्रपतिले नेकपाका आठजना नेतालाई भेटेपछि प्रचण्डको कडा आपत्ति

नेपालखबर
पुस ६, २०७६ आइतबार ०:४७,

नेकपा स्थायी कमिटी बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले केही नेताहरुसँग छलफल गरेकी छन्।

उनले पार्टी महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरु प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, वर्षमान पुन, शक्ति बस्नेत र अर्थमन्त्री युवराज खतिवडालाई बोलाएर ‘लन्च मिटिङ’ गरेकी हुन्।

बैठकमा राष्ट्रपति भण्डारीले ‘बजेट पुस्तिकामा उल्लेख भएअनुसार विकासका काम नभएको सुनिन्छ, खास के हो ? भनेर सोध्न तपाईंहरुलाई बलाएको हो’ भनेकी थिइन्।

यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

उनले सबैलाई एक्ला एक्लै बोलाउन मन भए पनि समयाभावका कारण एकैचोटी बोलाउनु परेको बताएको बैठकमा सहभागी सुरेन्द्र पाण्डेले जानकारी दिए।

बैठकमा नेताहरु एकैसाथ गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुसँग स्पष्टीकरण सोधेका थिए।

‘केही साथीहरु सँगै बैठकमा आउनु भयो? मैले सुन्दै छु यहाँहरु शीतल निवासबाट सिधै आउँदै हुनुहुन्छ,’ दाहालले भने, ‘विधि र प्रक्रियाको कुरा उठाउने तर आफैँले विधि नमान्ने यो त भएन नि।’

परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै राष्ट्रपतिकहाँ गएको र खाना खाएर आउँदा ढिलाई भएको भन्दै माफी मागेका थिए।

त्यसैगरी आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेको समाचार अनुसार आठ जना नेता बैठकमा नभएपछि अध्यक्ष प्रचण्डले खोजे। त्यसपछि बैठकमा खैलाबैला मच्चियो।

सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगित नै गर्नुपर्यो।

‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई जानकारी नदिई नेताहरु उपस्थित नहुनु गम्भीर विषय हो,’ आक्रोसित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो बैठक चलिरहेका बेला नै किन बोलाउने? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरु किन जाने? सै नेता पार्टी अनुशासनमा रहनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad