प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ।
गत शुक्रबार बसेको समिति बैठकमा सांसदहरूले लोकसेवा आयोग विधेयकबारे छलफल गर्दै दण्ड सजायको व्यवस्था तोक्ने विषयमा धारणा राखेका थिए।
लोकसेवा आयोगसम्बन्धी परीक्षा उल्लंघन गर्नेलाई दुई, तीन र चार वर्षसम्म आयोग परीक्षामा सामेल हुन नपाउने सहमति जुटेको छ।
परीक्षा केन्द्रमा चिट चोर्ने वा चोराउने, अर्काको नक्कल गर्ने वा गराउनेलाई दुई वर्षसम्म परीक्षामा सामेल हुन नदिने प्रावधान राखिएको छ। यो खबर आजको नयाँ पत्रिकामा किरण दाहालले लेखेका छन्। प्रश्नपत्र आउट गर्नेहरूले भने ती वर्षसम्म जाँच दिन पाउने छैनन्।

प्रतिक्रिया