नेपाली बजारलाई लक्ष्य गरी काठमाडौं भित्र्याइएको ३ किलो कोकिनसहित प्रहरीले एक बोलेभियन महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट पक्राउ गरेको हो।
उनी ब्राजिलबाट दुबई हुँदै काठमाडौं उत्रिएकी थिइन्। ज्याकेटमा फल्स बटम बनाई उनले कोकिन ल्याएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार अवैध बजारमा कोकिन प्रतिग्राम न्यूनमत ३५ हजार रुपैयाँमा बिक्छ। यस आधारमा बरामद कोकिनको मूल्य १० करोड ५० लाख रुपैयाँ हुन्छ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्। ब्युरोका एसएसपी वसन्त लामाले अवैध बजारमा कोकिनको मूल्य निकै महँगो पर्ने बताए।

प्रतिक्रिया