छापा खबर


सौतेनी छोरीको रिसमा तरकारीमा विष हालेर पकाउँदा आफ्नै मृत्यु

सौतेनी छोरीको रिसमा तरकारीमा विष हालेर पकाउँदा आफ्नै मृत्यु

नेपालखबर
पुस २, २०७६ बुधबार ०:५१,

वीरगन्ज २४ बहुअरीमा सौतेनी छोरीले खाना पकाउन नमानेपछि त्यसैको निहुँमा तरकारीमा विष हालेर पकाएर खाँदा एक महिलाको मृत्यु भएको छ।

विषाक्त तरकारी खाएका परिवारका ५ सदस्य सिकिस्त छन्। सिकिस्ता पाँचै जनाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले लेखेका छन्।

प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा कान्छी पत्नी ३२ वर्षीया राधिका देवी र जेठी पत्नीतर्फकी छोरी मनीषा पटेलबीच बाझाबाझ भएको थियो। त्यही रिसमा राधिकाले सोमबार राति खाना पकाउँदा तरकारीमा आल्मुनियम फस्फेट नामको विषादी हालेर पकाएकी थिइन्।

विषादीयुक्त तरकारी राधिका आफैंले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन्। तरकारी खाएलगत्तै सिकिस्त भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा राधिकाको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad