छापा खबर


यौनसम्बन्धका कारण रात काट्नै नसक्ने भएपछि पतिविरुद्ध उजुरी

यौनसम्बन्धका कारण रात काट्नै नसक्ने भएपछि पतिविरुद्ध उजुरी

नेपालखबर
पुस १, २०७६ मंगलबार १:४४,

गत वैशाखमा नयाँ वर्षकै दिन योगीकुटीकी रीता केसी महिनावारी भएकी थिइन्। पतिले शारीरिक सम्बन्ध राख्न खोजे, उनले अस्वीकार गरिन्।

त्यसपछि रिसाएका पतिले कम्प्युटरमा पोर्न साइट खोले। एक्लै यौन क्रियाकलापमा लिप्त भए। त्यसपछि प्रत्येक रात उनले पत्नीलाई पोर्न फिल्ममा जस्तै यौनसम्बन्ध कायम गर्न लगाए। नमाने कुट्न थाले। यस्तो व्यवहारबाट दिक्क रीताले माइतीको सल्लाहमा घरेलु हिंसाविरुद्ध घरेलु हिंसाविरुद्ध उजुरी दिइन्।

‘दुई वर्षकी छोरी छन्। पतिविरुद्ध मुद्दा लड्न मन थिएन,’ उनले भनिन्, ‘रात काट्नै नसक्ने भएपछि उजुरी गर्न आएकी हुँ।’

बुटवल मिलनचोककी पूजा दुई साताअगाडि पतिबाट मरणासन्न हुने गरी कुटिइन्। रक्सीले मात्तिएका पतिले पोर्न साइट हेरेर त्यसअनुसारको सम्बन्ध राख्न दबाब दिए। उनले मानिनन्। पतिले कुटेर बेहोस तुल्याए। बिहान घटना थाहा पाएका छिमेकीले उजुरी गरे। उनका पति वासु अहिले इलाका प्रहरी बुटवलको हिरासतमा छन्।

‘बिहेदेखि नै यस्तै स्वभाव थियो । रक्सी खायो कि जतिबेला र जहाँ पायो त्यहीं सम्बन्ध राख्न खोज्थ्यो,’ पूजाले प्रहरीसँगको बयानमा भनिन्, ‘पहिले त मानिदिन्थें । अहिले सहनै नसकेपछि बोल्न थालेकी हुँ।’

पछिल्लो समय समाज यौनप्रति खुल्दै र उदार बन्दै गएको छ। उदारता सकारात्मक यौन जीवनका लागि होइन, विचलनमा देखिन थालेको छ। फलस्वरूप पूजा र रीताजस्तै घरेलु हिंसामा पर्ने महिला बढेका छन्। यो खबर आजको कान्तिपुरमा अमृता अनमोल (बुटवल)ले लेखकी छन्।

प्रहरीमा दर्ता भएका धेरैजसो यस्ता घटना यौनसम्बन्धका कारण उब्जिएका छन्। ‘सुरुमा हामीलाई यथार्थ बताउँदैनन्,’ प्रदेश प्रहरी प्रवक्ता नवराज पोखरेलले भने, ‘घटना खोतल्दै जाँदा बल्ल यौन विचलनले ल्याएको समस्या थाहा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad