छापा खबर


जाडोमा यसकारण हुन्छ हृदयघातको उच्च जोखिम

जाडोमा यसकारण हुन्छ हृदयघातको उच्च जोखिम

नेपालखबर
पुस १, २०७६ मंगलबार १:४९,

पछिल्लो समय विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको पाइन्छ।

बदलिँदो जीवनशैली, गलत खानपान, धुम्रपान, व्यायामको कमी, तनाव आदिका कारण मुटु रोगीको संख्या बढेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

हृदयघात, एन्जाइना, उच्चरक्तचापजस्ता रोगीको संख्या दिनानुदिन बढिरहेको छ।

जाडोमा मुटु रोगीलाई हृदयघात हुने जोखिम उच्च रहन्छ। किनकि अन्य मौसमको दाँजोमा यतिबेला हाम्रो जीवनशैली केही निष्क्रिय हुन्छ।

यसरी हुन्छ हृदयघात मुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु वा उक्त भागको मृत्यु हुनु हृदयघात हो।

रक्तनलीमा विभिन्न कारणले अवरोध हुने गर्छ, जसमध्ये रक्तनलीमा बोसो जम्नु, रक्तनली फुट्नु र उच्च उरक्तचाप मुख्य हुन्।

रक्तनलीमा देखिने विभिन्न समस्याले मुटुमा दबाब परेमा धमनीमा अवरोध सिर्जना हुन्छ र मुटुले काम गर्न छाड्छ।

सामान्यतया स साना धमनीमा अवरोध हुँदा खासै असर नदेखाए पनि देब्रेतिरको मुख्य धमनीमा अबरोध हुँदा हृदयघात प्राणघातक हुन सक्छ।

हृदयघात सुर्तीजन्य पदार्थको सेवन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, वंशानुगत गुण आदि कारणले हुन्छ।

उमेर बढ्दै जाँदा महिला पुरुष दुबैमा हृदयघातको सम्भावना हुन्छ।

जाडोमा चिसोको कारण शरीरका नसा साँधुरिँदा मुटुमा कार्यभार बढ्छ।

चिसोमा कहिले काहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुट्ने र हृदयघात हुने जोखिम बढी हुन्छ।

त्यसैगरी फोक्सोमा संक्रमण, निमोनिया, दम आदि कारणले पनि मुटुलाई असर गरिरहेको हुन्छ।

कसरी थाहा पाउने?
हृदयघातको लक्षणबारे अधिकांशमा जानकारी हुँदैन।

जसका कारण बिरामी ढिला चिकित्सककहाँ पुग्छन्। छाती दुख्नु, दम बढ्नु वा स्वाँ स्वाँ हुनु, कमजोरी महसुस हुनु, कसैमा पेट दुख्ने, बंगरा दुख्ने आदि फरक फरक लक्षण देखापर्न सक्छन्।

त्यस्तै अधिकांशमा मुटु ढुकढुक हुने, बेहोस हुने आदि समस्या देखापर्न सक्छ।

यस्ता लक्षण देखा परेमा तुरुन्त चेकजाँच गर्नु आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad