छापा खबर


राति एउटै कोठामा सुतेकी श्रीमती बिहान बोलाउँदा जब उठिनन्

राति एउटै कोठामा सुतेकी श्रीमती बिहान बोलाउँदा जब उठिनन्

नेपालखबर
पुस १, २०७६ मंगलबार १:२३,

सुत्केरी पत्नी र दुई महिने शिशुलाई चिसोबाट जोगाउन नवराज रञ्जितकारले आइतबार राति झ्यलाढोका लगाए। ससाना छिद्र पर्दाले छोपे। मकलमा कोइला बाले।

आगोको रापमा सेकिएर आमा र शिशु खाटमा सुते। कोठा तातो भएपछि नवराज भुइँको बिच्छौनामा भुसुक्कै निदाए। आगो निभाउन बिर्सिए।

काठमाडौंको कीर्तिपुर ८ सुन्दर बस्तीमा सोमबार बिहानै रुवाबासी चल्यो। कोइलाबाट निस्किएको ग्यासले निसास्सिएर रञ्जितकारका पत्नी ३२ वर्षीया शर्मिला र छोरोले ज्यान गुमाए। रञ्जितकार शोकमग्न छन्।

‘बिहान छोरालाई तेल लगाउन पत्नीलाई उठाएको थिएँ,’ उनले भने, ‘नउठेपछि होसहवास हराएझैं भयो।’ राति साढे १० बजे सपरिवार सुत्दा मकलको आगो निभाउन बिर्सिएको उनले सुनाए। यो खबर आजको अन्नपूर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन्।

साँघुरो कोठामा मकल बाल्दा अक्सिजन अभावले निसास्सिएर दुई जनाको ज्यान गएको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad