छापा खबर


विशाल बजारमा १० करोड भ्रष्टाचार, अध्यक्षसहितका पदाधिकारीलाई जरिवाना र जेल सजायको फैसला

विशाल बजारमा १० करोड भ्रष्टाचार, अध्यक्षसहितका पदाधिकारीलाई जरिवाना र जेल सजायको फैसला

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार २३:५३,

विशेष अदालतले न्युरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ।

भाडा र बिल विनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरुलाई जरिबाना तथा कैद हुने फैसला गरेको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

विशेष अदालतको फैसलामा कम्पनीका सञ्चालकहरुबाट विशाल बजारलाई ९ करोड ७४ लाख ८० हजार रुपैयाँ नोक्सानी भएको उल्लेख छ।

अदालतले तत्कालिन अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्य अशोकजीव तुलाधरलाई दुई दुई वर्ष, कम्पनीका प्रमोदकुमार अग्रवाल र विजयकुमार बानियाँलाई डेढ डेढ वर्ष, वासुदेव विष्ट, गौतमलाल श्रेष्ठ र निर्मलकुमार धानुकलाई एक एक वर्ष र प्रत्येकलाई एक करोड २१ लाख ८५ हजार बिगो र त्यति नै जरिवाना हुने फैसला गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad