छापा खबर


कस्ताे दुर्भाग्य! आफैंले तयार गरेको चितामा जल्नुपर्‍याे केशव भट्टराई

कस्ताे दुर्भाग्य! आफैंले तयार गरेको चितामा जल्नुपर्‍याे केशव भट्टराई

नेपालखबर
पुस १, २०७६ मंगलबार ०:२६,

सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो।

अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो। जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म पुष्पगुच्छा चढाइरहेका थिए।

वरिष्ठ अभिनेता केशव भट्टराईले अभिनेता दीपक क्षत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए। ‘दीपक दाइको पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए। चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए।

दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो। अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो। अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो।

अभिनेता क्षत्रीको श्रद्धाञ्जली र अन्त्येष्टि सम्मानपूवर्क गर्ने तयारीको जिम्मा बोर्डका कर्मचारीलाई दिएका अभिनेता भट्टराई आफैं सो श्रद्धाञ्जली र अन्त्येष्टिमा मलामीका रूपमा सहभागी हुनेवाला थिए। दुर्भाग्य! अभिनेता क्षत्रीको चितासँगै भट्टराईको चिता पनि सोमबार बेलुका जल्यो। जुन कुरा भट्टराईले कल्पनासमेत गरेका थिएनन्। यो खबर आजको राजधानी दैनिकमा डब्बु क्षत्रीले लेखेका छन्।

kesab lai rastriya jhanda odaudai sanchar mantri

भट्टराईको आइतबार बेलुका हृदयाघातका कारण ५१ वर्षको उमेरमा निधन भयो। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग बैठक सकेर बोर्ड सदस्य नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घरमा उनी बेलुका ७ बजे पुगेका थिए। महर्जनका बुबाको ६ महिनाको पुण्यतिथिको प्रसाद खाएर घर फर्केका उनी घर पुग्दा गाडीमै बेहोस भएका थिए। १४ वर्षीय छोरा बेडु र चालकले भट्टराईलाई चावहिलको ओम अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको थियो। बेलुका सवा १० बजे अस्पतालले उनको निधन भएको पुष्टि गर्‍यो।

भट्टराईले डेढ दशकदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए। आइतबार राति उनको शवलाई त्रिविवि शिक्षण अस्पतालमा राखेर सोमबार दिउँसो १ बजे अस्पतालबाट अन्तिम दर्शनका लागि बोर्डमा ल्याइएको हो।

काठमाडौंको डिल्लीबजारस्थित कोठामा शनिबार दिउँसो मृत्य भेटिएका ५८ वर्षीय अभिनेता क्षत्रीको हृदयघातबाट निधन भएको पोस्टमार्टमबाट पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad