छापा खबर


दशगजामा भारतीय चौकी

दशगजामा भारतीय चौकी

नेपालखबर
मंसिर २९, २०७६ आइतबार २:५२,

सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ।

दशगजा क्षेत्र नेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियमविपरीत स्थापना गरेको हो। भारतको उत्तर प्रदेश र विहारसँग जिल्लाको सीमा जोडिएको छ।

पाल्हीनन्दन गाउँपालिका-५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट निर्माण गरेको बताए। त्यसबारे सम्बन्धित निकायलाई कूटनीतिक रूपमा जानकारी गराउने बताए।

‘अधिकांश स्थानमा दुवै पक्षबाट पालना गर्नुपर्ने नियम पूरा भएको छ,’ उनले भने, ‘एक/दुई स्थानमा दशगजा छुने गरेर अस्थायी पोस्ट भएको भेटिएपछि तत्काल हटाउन भनिएको छ।’

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । भारततर्फ भने एसएसबीका १० भन्दा बढी पोस्ट छन्। यो खबर आजको कान्तिपुरमा नवीन पौडेल (परासी), रूपा गहतराज (नेपालगन्ज) मिलेर लेखेका छन्।

सीमा क्षेत्रमा बीओपी कम भएपछि अहिले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीमा अर्को पोस्ट स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए। त्यसपछि भुजहवामा राख्ने गरी जिल्लास्थित सुरक्षा समितिबाट प्रस्ताव गरी पठाइएको छ।

जिल्लास्थित सुरक्षा अधिकारीको संयुक्त अनुगमन टोलीले दशगजा क्षेत्रमा निर्माण गरिएका केही सीमास्तम्भ (पिलर)हरूको रङरोगन मेटिएको अवस्थामा पाएको छ। केही स्तम्भका नम्बर मेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad