ad ad

छापा खबर


सुटुक्क भारतीय दुताबास छिर्ने सशस्त्रका डिआइजी कारबाहीमा

सुटुक्क भारतीय दुताबास छिर्ने सशस्त्रका डिआइजी कारबाहीमा

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १:१५,

कूटनीतिक आचारसंहिताविपरित गोप्य रुपमा भारतीय दूताबास गएका डिआइजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको छ।

अनुमति नलिई ६ मंसिरमा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित दूताबास पुगेका थिए।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनी दूतबास गएको समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बलले स्पष्टीकरण सोधेको थियो।

डिआइजी श्रेष्ठले तालिम सम्बन्धी विषयमा छलफल गर्न दूताबास गएको बताएका थिए। तर उनले अनुमति लिएका थिएनन्।

पदीय अनुशासनविपरितको काम गरेको भन्दै उनलाई सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरुप सचेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .