नेपालले मानव विकास सूचकांकमा झिनो मात्रै सुधार गरेको छ।
गत वर्ष १४९ औँ स्थानमा रहेको नेपालले यस वर्ष भने दुई अंक सुधार गर्दै १४७ औँ स्थान हासिल गरेको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेका छन्।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनमा यसपटक १८९ मुलुकलाई समावेश गरिएको छ।
जसमध्ये नेपालको स्थान १४७ औँ रहेको प्रतिवेदनमा उल्लेख छ।
दक्षिण एशियामा श्रीलंका, माल्दिभ्स, भारत, भुटान र बंगलादेशपछि नेपाल रहेको छ भने पाकिस्तानभन्दा अघि छ।
प्रतिक्रिया