यतिखेर प्याजको मूल्य आकाशिएको छ।
सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचमै आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन।
त्यतिखेर पनि प्याजको भाउ अस्वाभाविक बृद्धि भएपछि सरकारले आयात प्रतिस्थापन र उत्पादन बृद्धि गर्ने उद्देश्यले प्याज मिसन कार्यक्रम ल्याएको थियो।
तराईका सिरहा, सप्तरी, सर्लाही, बारा, रुपन्देही, धनुषा, दाङ, पर्सा, बाँके र बर्दिया गरी १० जिल्ला प्याज मिसनका लागि छानिए पनि त्यो मिसन बीचमै तुहिएको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।
उक्त मिसन कार्यक्रमका लागि सरकारले साढे १५ करोड रुपैयाँ खर्च पनि गरेको थियो। तर, उक्त मिसन पाँच वर्षभन्दा बढी टिक्न सकेन।
कालीमार्टी तरकारी बजारमा आइतबार प्याजको खुद्रा मूल्य प्रतिकेजी दुई सय २५ रुपैयाँ रह्यो। जुन तीन महिनाअघिको मूल्यभन्दा दुई सय ५७ प्रतिशतले बढी हो।
साढे दुई महिनाअघि भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको हो।
Shares

प्रतिक्रिया